मानव वेचविखनमा परेका ४ जनाको भारतबाट उद्दार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८७ पटक पढिएको

 

भारत, विहार राज्यस्थित छौँडादानोबाट मानव वेचविखनमा परेका ४ जनालाई प्रहरीले उद्दार गरेको छ । बिहीबार नेपाल प्रहरीले बिहिबार २ महिला र २ बालबालिकालाई उक्त स्थानबाट उद्दार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले माईती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उनीहरुलाई उद्दार गरेको बताईएको छ ।

प्रहरीका अनुसार झापा जिल्लाबाट २ वर्ष अगाडि आ-आफ्नो एक-एक जना नाबालक छोराछोरी सहित १८ वर्षीया र १९ वर्षीया २ जना युवती हराएका थिए । आकर्षक काममा लगाइ दिने भनी झुक्याई प्रलोभनमा पारी वेचविखनमा परेको प्रहरीले जनाएको छ । 

मानव वेचविखन कसूरमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित