लमजुङमा दुर्घटना हुँदा ३ जनाको मृत्य
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१० पटक पढिएको

लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइतेभएका छन् ।
घाइतेलाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ पठाइएको छ । तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई विद्यार्थी र एक शिक्षक छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका वडा नं. ९ भलामचौरका प्रमिसा गुरुङ, मस्र्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारीको र कपिलवस्तु घर भएका कमल थापामगर छन् ।
जिपले च्यापिएको अवस्थाबाट शव निकालेको बताईएको छ । उक्त जीपमा चालकसहित १२ जना सवार थिए ।
गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको बताईएको छ । मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार विहान दुर्घटना भएको हो ।