६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिइने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १८५ पटक पढिएको

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । मन्त्रालयले  ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो ।

राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो ।

भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको मन्त्रालयले जनाएको छ । त्यसतै केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई पनि बुस्टर डोज दिन सिफारिस गरेको बताईएको छ । 

यस्तै क्यान्सरका भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका एचआइभी, रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि दिइने छ । 

अहिलेको कोरोना भाइरसको भेरियन्टको सङ्क्रमणको जोखिम कति छ । यसभन्दा अगाडि लगाएका खोपले अहिलेको भेरियन्टसँग जुध्न सक्छ कि सक्दैन भन्ने अध्ययनको नतिजा सँगै बुस्टर डोजको अध्ययन पनि भईरहेको डब्लुएचओले जनाएको छ ।

नेपालमा कोभिशिल्ड एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र फाइजर खोप लगाइँदै आइरहेको छ । नेपालमा लक्षित जनसङ्ख्याको ५३ दशमलव ७ प्रतिशतलाई पहिलो मात्रा र ४४ दशमलव ५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित