मालीमा बम विस्फोट : सात राष्ट्रसंघीय शान्ति सैनिक सहित आठ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १५१ पटक पढिएको

 

बन्दियागारा, मध्य मालीमा बम विस्फोट हुँदा सात राष्ट्रसंघीय शान्ति सैनिक सहित आठ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य तीन जना गम्भीर घाइते भएका छन् । बुधबार भएको उक्त विस्फोटमा सात जना टोगोका नागरिक र मालीका एक ठेकेदारको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्  । 

यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उक्त शान्ति मिसनमाथि श्रृखंलाबद्ध आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । सुरक्षा परिषद्का सदस्यहरुले शोक सन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत स्थिरता मिसनप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । 

मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको चाँडो अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । हालसम्म उक्त विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । माली, अफ्रिकाको सबैभन्दा ठूलो र गरिब देशहरू मध्ये एक हो । संयुक्त राष्ट्रको एउटा शान्ति मिसनले २०१२ मा छिमेकी नाइजर र बुर्किना फासोमा फैलिएको हिंसा नियन्त्रण गर्न करिब १३ हजार भन्दा बढी सेनाहरू तैनाथ गरेको अल्जजिराले उल्लेख गरेको छ । तस्बिर : एएफपी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित