भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना , ४ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६९ पटक पढिएको

भारतको तामिलनाडुको कन्नुरमा बुधबार भारतीय सेना प्रमुख विपीन रावत सवार रहेको सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार उक्त घटनामा चार जना अधिकारीहरुको मृत्यु भएको बताए पनि नाम भने खुलाएको छैन । 

उक्त दुर्घटनाको भिडियो फुटेज बाहिर आएको छ । जसमा, हेलिकोप्टर पूर्ण रुपमा क्षतिग्रस्त भएको देखिन्छ । सैनीक प्रमुख रावतको अवस्थाबारे भने आधिकारीक रुपमा कुनै जानकारी आएको छैन । उनकी पत्नी र बच्चा पनि हेलिकोप्टरमा सवार रहेको भारतीय संचार माध्यमहरुले जनाएको छ । जेनरल रावत र उनको परिवारको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको बताईएको छ । भारतीय वायु सेनाको एमआई-१७भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने बताइएको छ ।

सैनीक जनरल विपिन रावत सन् २०१६ को डिसेम्बर ३१ देखि २०१९ को डिसेम्बर ३१ सम्म सेना प्रमुखको पदमा रहेका थिए । उनी सन् २०२० को जनवरी १ देखि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारीमा रहँदै आएका छन् । तस्बिर: ईन्डिया टुडे 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित