यूएईमा साढे चार दिनमात्रै काम हुने
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४८ पटक पढिएको
संयुक्त अरब इमिरेट्स (यूएई)मा सन् २०२२ को जनवरीदेखि सरकारी कार्यालयहरुमा सातामा साढे चार दिनमात्रै काम हुने भएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार त्यहाँको सरकारी अधिकारीहरुले मंगलबार उक्त कुराको घोषणा गरेका हुन् ।
समाचार अनुसार सरकारले काम गर्ने हप्तामा शुक्रबार मध्याह्नदेखि सुरु भएको बिदा शनिबार र आइतबारको दिन पूरै हुनेछ । अरु दिनहरूमा भने बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन चाहिँ बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरु खुल्नेछन् ।
शुक्रबार मध्याह्न नमाजको समय यूएईभर दिउँसो सवा १ बजेदेखि हुनेछ । यो निर्णय उत्पादकता बढाउन र वर्क लाइफ ब्यालेन्सलाई ध्यानमा राखेर गरिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । त्यस्तै यूएई सरकारको यो नियमले सकारात्मक प्रतिष्पर्धालाई बढाउन मद्दत गर्ने बताईएको छ ।
त्यहाँको सरकारी समाचार एजेन्सी डब्ल्यूएएमले विश्वमानै सबैभन्दा छोटो समय काम हुने हप्ता बनाउनेमा यूएई भएको जनाएको छ । तस्बिर : द इकोनोमिक टाईम्स