फेसबुकविरुद्ध मुद्दा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११७ पटक पढिएको

अमेरिका र बेलायतमा रहेका रोहिंग्या शरणार्थीहरूले फेसबुकविरुद्ध मुद्दा हालेका छन् । उनीहरूले रोहिंग्या समुदायविरुद्ध घृणा फैलाएको भन्दै क्षतिपूर्तिस्वरूप १५० अर्ब डलर माग राखेका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बीबीसीका अनुसार फेसबुकविरुद्ध एल्गोरिदम प्रयोग गरेर रोहिंग्या समुदायविरुद्ध घृणा फैलाइएको आरोप लगाएको छ । रोहिंग्याविरुद्ध घृणा फैलाइएका पेज र पोस्ट नहटाएको पनि फेसबुकमाथि आरोप लागेको छ । त्यस्तै अमेरिकाको सानफ्रान्सिस्कोमा पनि फेसबुकविरुद्ध मुद्दा हालिएको छ ।
कम्पनीलाई वर्षौंदेखि घृणित र गलत सूचनासहित सामग्रीको प्रचारप्रसारमा रोक नलगाइएको आरोपसमेत लागेको छ । बौद्ध बाहुल्य म्यानमारमा सन् २०१७ मा गरिएको सैन्य कारबाहीमा करिब १० हजार रोहिंग्या मारिएका थिए । फेसबुक(मेटा) ले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
म्यानमारमा २ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता रहेका छन् । म्यानमारमा सूचनाको पहुँचका लागि सामाजिक सञ्जाल नै भरपर्दो मानिन्छ । सन् २०१८ मा भने फेसबुकले म्यानमारमा घृणा फैलाउने पोस्ट रोक्न नसकेको स्वीकार गरेको थियो ।