विद्रोहीलाई भनेर चलाएको गोलि लाग्दा भारतमा ११ सर्वसाधारणको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११४ पटक पढिएको

भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ जना सर्वसाधारणको मृत्यु भएको छ । म्यानमारसँग सीमा जोडिएको नागाल्यान्डको मोन जिल्लामा शनिबार भएको उक्त घटनामा कोइला खानीमा काम गरेर फर्किरहेका कामदारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सेनाले विद्रोहीहरू आइरहेको सूचना पाएको आधारमा अप्रेशन गर्न लागेको तर गल्तीका कारण विद्रोहीलाई नभई कामदारमाथि गोली चलाएको बताइएको छ । सधैँ फर्किने समयमा ती कामदारहरू घर नआएपछि गाउँलेहरू उनीहरूको खोजीमा गएका थिए। मिनीट्रकमा उनीहरूको शव देखेपछि स्थानीय आक्रोशित भएका थिए ।
उनीहरूले सुरक्षाकर्मीका गाडी जलाइदिएको र सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि आत्मरक्षाका लागि फेरि गोली चलाउँदा भएको घटनामा एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको बताईएको छ ।
घटनापछि विज्ञप्ति जारी भारतीय सेनाले घटना पश्चातापपूर्ण भएको बताएको छ। उक्त घटनाको उच्चस्तरिय छानबिन गरिने सेनाले आश्वासन दिएको छ । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने बताएका छन् । तस्बिर : एपी