इन्डोनेसियामा ज्वालामुखी विष्फोट : कम्तीमा १३ को मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२८ पटक पढिएको

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फोटमा दुई गर्भवती सहित ९८ जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने भनिएको छ ।
समाचार अनुसार विष्फोट पश्चात माउन्ट सुमेरुबाट खरानी निस्कीएको र जसले स्थानीयलाई नराम्ररी असर पारेको छ । ज्वालामुखीबाट निस्कीएको बाक्लो धुँवाले गाउँनै अन्धकार बनाएको थियो । पूर्वी जाभा प्रान्तको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोट हुँदा हजारौं विस्थापित भएका हुन् । ज्वालामुखीका कारण फसेका स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।
विष्फोटपछि त्यस क्षेत्रमा बिजुली र टेलिफोन सेवा अवरुद्द छ । इन्डोनेसियाको प्रकोप न्यूनीकरण एजेन्सीले ज्वालामुखी विष्फोटमा परी घाइतेहरुको उपचार भइरहेको जनाएको छ । उद्धार तथा राहतको काम जारी रहेको समाचारमा जनाइएको छ । तस्बिर : एपी