राप्रपाको मतपत्रमा समस्या

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७१ पटक पढिएको

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको जारी मतदानको मतपत्रमा समस्या देखिएको छ । मतपत्रमा मतपत्र नं उल्लेख नगरिँदा    भोटमा धाँधली हुने आँकलन हुन थालेको छ । यही मङ्सिर १५ देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको हो । 

अहिले भएको मतदान १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको हो । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचनका लागि देशभरबाट करिब चार हजार सात सय प्रतिनिधि छनोट भएका छन् ।

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् । बाँकी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था छ ।

निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मतदानको व्यवस्था छ । अध्यक्ष पदको परिणाम आउन केही समय लाग्ने भए पनि विद्युतीय मतदानको परिणाम शनिबार रातिसम्म आउने अपेक्षा गरिएको छ । 

""

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित