दरिद्रता राष्ट्रका कारण समृद्द नेपाल र सुखी राष्ट्र बन्न नसकेको भट्टराईको दाबी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २७४ पटक पढिएको

समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि राजेन्द्र प्रसाद श्रेष्ठले दरिद्रता राष्ट्रका कारण समृद्द नेपाल र सुखी राष्ट्र बन्न नसकेको बताएका छन् । 

संविधान संशोधनमा नेवा : स्वायत्त राज्यको विषयमा गरिएको एक अन्तरक्रिया मार्फत उनीहरुले दरिद्रता राष्ट्रका कारण परिश्रमी जनशक्तिको अभाव भएको भन्दै उक्त कुरा बताएका हुन् । 

कार्यक्रममा उनीहरुले राज्य पुन संरचना आयोगको सिफारिस अनुकूल हुने गरि संविधान संशोधनको औपचारिक प्रक्रिया अगाडी बढाउन पनि अनुरोध गरेका छन् । 

अवसरको अभावमा विभेदमा परेका जनसमुदायमा निहित प्रतिभा र क्षमता उजागर हुन नपाउँदा मुलुकको सर्वाङ्गिण विकासमा असर परेको उनीहरुको भनाई छ । 

उनीहरुले जनजाति, मधेसी र थारुलगायतका समुदायले गरेका आन्दोलनका क्रममा संशोधन मार्फत सम्बोधन गर्ने राजनीतिक सहमति भए पनि कार्वान्वयनका लागि ठोस पहल नभएको समेत बताएका छन् । 

""

""

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित