अमेरिकामा ओमिक्रोन देखिएपछि राष्ट्रपति बाइडनले गरे यात्रासम्बन्धी कडा नियमहरू घोषणा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३० पटक पढिएको

 

अमेरिकामा ओमिक्रोन भेरियन्टका सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर, आफ्नो योजनामा लकडाउन नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने उनले बताएका छन् । 

अमेरिकामा अहिले ओमिक्रोनको ८ जना संक्रमित फेला परिसकेका छन् । स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् ।

उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ । अति उत्परिवर्तिन ओमिक्रोन बढी सङ्क्रामक छ वा खोपले काम नगर्ने जोखिम बढी छ भन्ने अझै स्पष्ट भने भइनसकेको बीबीसीले जनाएको छ । बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुने जनाईएको छ ।

अमेरिकी सरकारले निजी बिमा कम्पनीको माध्यमबाट लाखौं मानिसलाई घरमै बसेर कोरोनाभाइरसको नि:शुल्क परीक्षण गर्ने व्यवस्था गर्न खोजेको बीबीसीले उल्लेख गरेको छ । बिमा गरेका मानिसहरू बाहेकका हकमा भने स्वास्थ्य केन्द्र र ग्रामीण क्षेत्रमा रहेका चिकित्सालयमार्फत् त्यस्तो सुविधा दिइने बताईएको छ । 

बीबीसीका अनुसार चार करोडभन्दा बढी अमेरिकीहरूले बुस्टर खोप पाइसकेका छन् । अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । स्वास्थ्य विज्ञहरूले यात्रा प्रतिबन्ध लगाउँदा आफूहरूलाई नयाँ भेरियन्टबारे अध्ययन गर्न समय मिल्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित