कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने बोर्डको तयारी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १३२ पटक पढिएको

 

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा भएको र अब बोर्डले निर्णय गरेपछि सार्वजनिक गरिने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताएका छन् । 

नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै  बिहान ९ बजेपछि बोर्डले बैठक राखेको छ  ।

कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीहरु सहभागी भएका थिए । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परिक्षाका लागि देशभर चार हजार तीन सय १० विद्यालयमा होम सेन्टरमा परीक्षा सञ्चालन भएको थियो । 

कक्षा १२ को परीक्षा यसअघि दुईपटक स्थगित भएको थियो । साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित