भारतमा पनि देखियो ओमिक्रोन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११२ पटक पढिएको

 

भारतमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा ओमिक्रोन भेरिन्टको सङ्क्रमण देखिएको जनाएको हो । 

ओमिक्रोन भेरियन्टको सङ्क्रमण देखिएकामध्ये एक जना ६६ वर्षीय र अर्को ४६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिएका छन् । दुवै जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको उनको भनाई छ । भारतीय सञ्चार माध्यमका अनुसार, उनीहरुलाई कर्नाटकमा सङ्क्रमण पुष्टि भएको हो । उनीहरूका विषयमा धेरै जानकारी सार्वजनिक गरिएको छैन । 

दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएपछि कर्नाटकमा स्वास्थ्य सतर्कता बढाइएको छ। कर्नाटकसँग जोडिएका राज्यमा पनि स्वास्थ्य मापदण्डमा कडाइ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) का अनुसार, यसअघि २४ देशमा ओमिक्रोनको सङ्क्रमण देखिएको थियो । 

अत्याधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरियन्ट गत साता दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ भन्ने विषयबारे अध्ययन भइरहेको छ । डब्ल्युएचओले यसलाई "भेरियन्ट अफ कन्सर्न" का रूपमा वर्गीकरण गरेको छ ।  तस्बिर : हिन्दुस्तानी टाइम्स 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित