नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४२ पटक पढिएको
नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेर १४औैँ महाधिवेशनको तयारीलाई तिब्रताा दिएको छ। अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो ।
आजसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला अधिवेशनसँगै कार्यसमितिको निर्वाचनलगायतका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी छ । काँग्रेसले १४औं महाधिवेशनपछि मात्रै बाकी जिल्लाहरुको अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
अब बाँकी जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ । त्यसपछि मात्र बाकी रहेका जिल्लाहरुमा अधिवेश सम्मन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस