एउटा मतदातालाई भोट हाल्न एक घण्टा समय लाग्ने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५० पटक पढिएको
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय नेतृत्व चयन गर्दा एक मतदातालाइ झन्डै एक घन्टा समय लाग्ने बताइएको छ। काँग्रेसको प्रचारप्रसार समितिका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनमा महाधिवेशन प्रतिनिधिले २९ वटा पतपत्रमा मतदान गरेर नेतृत्व चयन गर्नेछन् ।
महाधिवेशनमा भोट हाल्नको लागि ३ वटा स्थान तोकिएको शर्माले बताएका छन् । उनका अनुसार काठमाडौ स्थित भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा भोट हाल्ने व्यवस्था हुनेछ। भोटिङ प्रणाली कागजी नै हुने उनले जनाएका छन् । ‘तर, भोट कसरी हाल्ने भन्ने कुरा चाहिँ ल्यापटपबाट डेमो देखाइने छ’, उनले जानकारी दिए।
काँग्रेस प्रचारप्रसार समितिले पार्टीको प्रचार विभाग, नेपाल प्रेस युनियन , भातृसंगठन , जनसम्पर्क समितिका पदाधिकारीलाई समेटेर पार्टीको प्रचार प्रसार अभियान सुरु गरिसकेको छ। उक्त्त समितिको लोगो आजबाट सुरु हुने सभापति शेरबहादुर देउवाले बताएका छन् ।
‘उत्साह, एकता, रुपान्तरण, सफल बनाऔं १४ औं महाधिवेशन ‘ भन्ने नाराका साथ नेपाली कांग्रेसले अधिवेशन गर्दै छ । कांग्रेसका प्रचार विभागका सदस्य दिपेश विष्टका अनुसार क्रियाशील सदस्यहरुको संख्या ८ लाख ४० हजार १०६ छ ।
प्रदेशगत क्रियाशील सदस्य
प्रदेश १ – १७४८१३
प्रदेश २ – १००९९९
बागमती प्रदेश- १७६३३५
गण्डकी प्रदेश – ११८१४५
लुम्बिनी प्रदेश – १३१११७
कर्णाली प्रदेश – ५३५९६
सुदूरपश्चिम प्रदेश – ७५१०१ ।