चिनले पत्ता लगायो सबै भेरियन्टलाई परास्त पार्ने कोभिड-१९ विरुद्दको एन्टिबडी
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३६१ पटक पढिएको
एक चिनियाँ बैज्ञानिकहरुको समुहले आफुले कोभिड-१९ को सबै भेरियन्टलाई परास्त पार्न सक्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् ।
ग्वाङ्जाओको सन यात्सेन र हाङ्जाओको झेजियाङ विश्वविद्यालयका एक बैज्ञानिकहरुको समूहले कोरोनाको सबै भेरियन्टसँग जुध्न सक्ने एन्टिबडीको बिकास गरेको आरटी डटकमले जनाएको छ। मंगलबार प्रकाशित भएको उक्त अध्ययन ले ‘३५ बी५’ भन्ने एन्टिबडीको बिकास गरेको जनाएको थियो।
एक मुसामा गरिएको भिभो परीक्षणबाट उक्त कुरा पुष्टि भएको थियो। ‘३५ बी५’ ले भारतमा भेटिएको निकै संक्रामक डेल्टा भेरिएन्टलाइ पनि परास्त पार्न सक्ने बैज्ञानिकले बताएका छन् ।
‘उत्परिवर्तन हुने भागलाई छल्ने एपिटोप( एन्टिबडी जोडीने एन्टिजेन अणुको भाग) माथी हमला गर्दै ‘३५ बी५’ एन्टिबडीले कोभिड-१९ लाई सखाप पार्छ’, अध्ययनमा उल्लेख गरिएको छ।
हालै पहिचान भएको ओमिक्रोन भेरिएन्टमा पाइने एन्टिजेनलाई हराउन सक्ने एन्टिबडी ‘३५ बी५’ भएको चिनियाँ बैज्ञानिकको दाबी छ। त्यस्तै, बैज्ञानिकहरुको पछिल्लो अनुसन्धानले बिशेष गरि कोभिड-१९ विरुद्ध सर्वव्यापी खोप उपयोग गर्न सकिने उल्लेख गरेको छ ।
चिनियाँ बैज्ञानिकहरुको यस अनुसन्धानले उत्परिवर्तन क्षमता उच्च रहेको ओमिक्रोन फैलिरहेको अवस्थामा विशेष महत्व राख्ने जनाइएको छ।