थप २५६ जना संक्रमणमुक्त, २ को मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १०० पटक पढिएको

पछिल्लो २४ घण्टामा थप २५६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५५ जना संक्रमित थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४६९ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोहि अवधिमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको ७ हजार भन्दा कम भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको ६ हजार ९३१ जना रहेको छ ।
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.७ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ । त्यस्तै आज २ लाख ११ हजार ५५३ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस