एमालेको अध्यक्ष पदमा दोस्रो पटक ओली
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११७ पटक पढिएको
सौराहामा जारी नेकपा (एमाले)को दशौँ महाधिवेशनबाट अध्यक्ष पदमा दोस्रो पटक केपी शर्मा ओली निर्वाचित भएका छन् । प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।
एमाले नेता महेश बस्नेतका अनुसार अध्यक्ष पदमा अोलीले १८४० मत र रावलले २२४ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले कुल २ हजार १५३ जना प्रतिनिधि मतदाता रहेकोमा २ हजार ९६ जनाले मात्र मत हालेको जनाएको छ ।
मतदान मंगलबार बिहान ४ बजेबाट ११ बजे सम्म मिनेटमा सकिएको थियो । मत नहाल्ने प्रतिनिधिको बारेमा पार्टीले रेकर्ड राख्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् । मतदानमा ५७ जनाले मत हालेका थिएनन् ।
ओली २०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका थिए । २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि उनि निरन्तर अध्यक्ष नै थिए । एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।
महाधिवेशनमा अध्यक्षमा २, उपाध्यक्षमा ७, सचिवमा ९ जनाले उमेद्वारी दिएका थिए । वरिष्ठ उपाध्यक्ष, महासचिवसहित केही पद भने सर्वसम्मत भएको छ ।