मेस्सीले जिते सातौँ बालोन डी’ओर
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४६ पटक पढिएको

अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले यस पटकको प्रतिष्ठित बालोन डी’ओर अवार्ड जित्दै नयाँ कीर्तिमानी राखेका छन् । पेरिस सेन्ट जर्मन र अर्जेन्टिनाका फरवार्ड मेस्सीले सातौं पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बलुन डी’ओर जित्दै कीर्तिमानी राखेका हुन् ।
उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेवान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्रीड तथा फ्रान्सका करिम बेन्जेमालाई पछि पार्दै यो अवार्ड जितेका हुन् । उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्ट्रिय उपाधि समेत हो ।
अर्जेन्टिनालाई यो वर्षको कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका मेस्सीले बार्सिलोनाका लागि २८, पेरिस सेन्ट जर्मेनका लागि ४ र अर्जेन्टिनाका लागि ८ गोल गर्दै सन् २०२१ मा ४० गोल समेत गरेका छन् ।
विश्वभरका १८० पत्रकारहरुले मतदान गर्ने यो अवार्डमा, सन् २००८ देखि लगातार उपाधि हाशिलमा मेस्सीले र क्रिष्टियानो रोनाल्डो मात्र रहेका थिए । तर सन् २०१८ मा लुका मोडरिकले त्यो क्रमलाई भंग गरेका थिए ।
त्यस पछि सन् २०१९ मा मेस्सीले जितेको उक्त उपाधि २०२० मा कोरोना महामारीका कारण हुन सकेको थिएन । त्यस सँगै यो वर्ष फेरि मेस्सीलेनै हाशिल गरेका हुन् । उनले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड पाएका हुन् ।
पेरिसमा आयोजित अवार्ड समारोहमा मेस्सीले दुई वर्ष पहिले नै यो अन्तिम होला जस्तो लागेको बताएका थिए । यो वर्ष अर्जेन्टिनाका लागि उपाधि जित्न पाएको खुसी रहेको भन्दै उनले भनेका छन्, ‘मेरो लामो करियर छ, त्यसैले यो (ब्राजिललाई हराउँदै उपाधि जित्नु) मेरो जीवनको उत्कृष्ट क्षण हो कि होइन भन्ने थाहा छैन । तर अर्जेन्टिनाका लागि उपाधि जित्नु उत्कृष्ट क्षणहरुमा एक हो ।’
मेस्सीले उपविजेता ३३ वर्षीय पोल्याण्डका कप्तान लेवान्डोस्कीलाई पनि बधाई दिएका थिए । लेवान्डोस्कीले बायर्नका लागि २०२१ मा ५३ गोल गरेका छन् । उनि स्ट्राइकर अफ द इयर बाट पनि सम्मानित भएका थिए ।
तस्बिर : बीबीसी