सिओमोरा क्यास्ट्रो होन्डुरसकी पहिलो राष्टपति बन्ने पक्का
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५५१ पटक पढिएको
होन्डुरसकी प्रथम महिला तथा विपक्षी दलकी नेतृ सिओमोरा क्यास्ट्रो देशको पहिलो राष्टपति बन्ने भएकी छिन् । मतगणना भइरहँदा उनी सत्तारुढ नेसनल पार्टीका उम्मेदवार नसरया अासफुराभन्दा २० प्रतिशतले लिडिङमा रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
क्यास्ट्रोले अाफू विजयी भएको दाबी गरेकी छिन् । उनका समर्थकले ६२ बर्षीया क्यास्टो विजयी भएको भन्दै खुसियाली मनाएका छन् । क्यास्ट्रोले देशको कठोर गर्भपतन प्रतिबन्धलाई सहज बनाउने प्रस्ताव गरेकी थिइन् । विशेष गरी विगतका चुनावहरूमा कम संख्यामा भाग लिने युवाहरूमाझ उनि निकै लोकप्रिय भएको संचारमाध्यमहरुले जनाएका छन् ।
त्यहाँको निर्वाचन अायोगका अनुसार अाधाभन्दा बढी मतगणना हुँदा क्यास्ट्रोले ५३ प्रतिशत मत प्राप्त गरेकी छन् । १८ लाख मत गणना हुँदा ३ लाख ५० हजारभन्दा बढी मतले अग्रस्थानमा छिन् । उनको विजय निश्चित भएसँगै प्रमुख विपक्षी दल १२ वर्षपछि सत्तामा पुग्ने भएको छ ।
क्यास्ट्रोका श्रीमान् म्यानुएल जिलायलाई सन् २००९ मा सेनाले राष्ट्रपति पदबाट हटाएको द गार्डीयनले उल्लेख गरेको छ । त्यस पछि विरोध आन्दोलनले संकटमा परेको क्यास्ट्रोले आफ्नै अधिकारमा राजनीतिक शक्ति बनाईन् । उनी पहिलोपटक सन् २०१३ मा केन्द्रीय वामपन्थी लिबर पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् ।
तस्बिर : ईपीए