आज पनि दोहोरो अंकले घट्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११५ पटक पढिएको

 

राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाको असर शेयरबजारमा देखिँदा आज पनि नेप्से परिसुचक घटेको छ । सोमबार नेप्से परिसुचक २१.५१ अंकले घटेर २६२९.९४ अंकमा पुगेको छ । आइतबार भने नेप्से परिसूचक ८०.२९ अंकले घटेको थियो । 

आज ४ अर्ब ८९ लाख रुपैयाँ बराबरको कारोबार भए पनि अधिकांश कम्पनीको शेयरमा मागभन्दा आपूर्ति बढी भएको थियो । नेप्सेमा ५१,१३८ पटक कारोबार हुँदा ८२,२५,८२२ कित्ता शेयर कारोबार भएको थियो ।

आज धेरै कमाउने कम्पनीहरुमा न्यादी, एस.पि.सि, एस.एल.सि.एफ, के.पि.सि.एल र एस.एम.एफ.बि.एस रहेका छन् भने घाटा बेहोर्ने कम्पनीहरुमा आइ.सि.एफ.सि, सि.जि.एच, एम.एल.बि.एल, एम.एल.बि.एस र यु.एस.एल.बि रहेका छन् । 

शेयर धितोकर्जामा केही खुकुलो नीति आउने आशामा बसेका लगानीकर्ताहरुले सोअनुरुप नीति नआउँदा बजार अझै घट्ने अनुमान गर्न थालेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित