काँग्रेसको काठमाण्डू जिल्ला अधिवेशनमा कार्की र कृष्ण बानियाँ बीच प्रतिस्पर्धा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११० पटक पढिएको

नेपाली काँग्रेसको काठमाण्डूको जिल्ला अधिवेशन आज राष्ट्रिय सभा गृहमा भएको छ । अधिवेशनमा प्रधानमन्त्री शेर बहादुर देउवा पक्षबाट उपेन्द्र कार्की र पकाशमान सिंह पक्षबाट निवर्तमान सभापति कृष्ण बानियाँ सुबजले प्रतिस्पर्धा गर्दै छन् ।
निर्वाचन स्थलमा दुई ठाउँ बाट भोटीङ भई रहेको छ भोटीङ राति ९ बजेसम्म हुने बताईएको छ । दुवै पक्षविचमा भारि प्रतिस्पर्धा भईरहको छ । काठमाण्डू जिल्ला भरि ३४५० जना क्रियाशील सदस्यले अधिवेशनबाट जिल्ला सभापति छान्ने छन् ।
हालसम्ममा काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनका लागि तीन हजार पाँच सय प्रतिनिधि निर्वाचित भएको बताईएको छ । त्यसैगरी मङ्सिर १६ र १७ गते सातवटै प्रदेशमा प्रदेश अधिवेशन गर्ने पार्टीको कार्यतालिका छ । केन्द्रीय महाधिवेशन भने मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डूमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस