टी–२० विश्वकप छनोटको अन्तिम खेलमा नेपाल पराजित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०३ पटक पढिएको

 

नेपाली महिला टोली टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा पराजित भएको छ । यूएईसँग ४८ रनले पराजित भए सँगै नेपालको विश्वकप यात्रा खेल्ने सपना अधुरो बनेको हो ।

जितसँगै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको यूएई ६ टोली सहभागी छनोट खेलमा एक्लो अपराजित टोली हो । शीर्षस्थानमा रहेको यूएईको अहिले १० अङ्क छ भने दोस्रो स्थानमा रहेको नेपालको ६ अङ्क छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आइतबार भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपालले  १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन समेटिएको थियो । यसअघि दुबईको आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली संयुक्त अरव इमिरेट्स (यूएई) ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको छ ।

नेपालका लागि इन्दु बर्माले बनाएको १५ रन र सीता रानामगरले बनाएको १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेको थिएन । त्यसैगरी समैरा धारनीधारकाले सर्वाधिक चार विकेट लिएका थिए भने खुशी शर्मा र चामानी सेनेभिरत्नाले समान दुई दुई विकेट लिएका थिए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित