माओवादी केन्द्रले आज ७५३ वटै पालिकाको सम्मेलन गर्दै

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ६३३ पटक पढिएको

 

नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।

पालिकासम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको राससले उल्लेख गरेको छ । 

आज हुने सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्ने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताएका छन् । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए । माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । 

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचन पनि गरिने बताईएको छ । जसको लागि यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुने बताईएको छ । यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । 

माओवादीले मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना र आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित