न्यायालय विवाद केही दिनमै समाधान हुने : प्रधानमन्त्री देउवा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ९६ पटक पढिएको

 

न्यायालयमा देखिएको विवाद केही दिनमै समाधान हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । गठबन्धनमा रहेका दलसँग छलफल गरेर केही दिनमै सो विषयमा गम्भीर छलफल हुने प्रधानमन्त्रीले आश्वासन दिएको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका हुन् ।

प्रधानमन्त्री देउवासँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नै अन्तिम विकल्प भएको जानकारी गराएको श्रेष्ठको भनाई  छ । बार एसोसिएसनको टोली शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमै पुगेका थिए । 

संविधान बमोजिम प्रतिनिधिसभामा रहेका दलले गर्नुपर्ने भूमिकाको विषयसमेत प्रधानमन्त्रीसँग राखेको उनले बताएका छन् । ‘२० हजार कानुन व्यवसायीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीसँग न्यायपालिकामा रहेको विकृति, विसङ्गती र भ्रष्टाचारविरुद्ध हामीले एक महिनादेखि गर्दै आएको आन्दोलनको विषयमा जानकारी गराएका छौँ’, नेपाल बार एसोसिएसनका अध्यक्ष श्रेष्ठले भने, ‘अहिलेको निकास भनेको उनको राजीनामा हो ।’

बार एशोसिएसनको नेतृत्वमा हिजो मात्र पनि ‘बालुवाटार न्यायमार्च’  भएको थियो । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै सर्वोच्च परिसरमा पनि धर्ना दिदै आएको थियो । प्रधानन्यायधिस जबरालाई सर्वोच्चको वैकल्पिक गेट बाट प्रवेश गर्न समेत उनीहरु पछिपरेका थिएनन् । तर प्रधानन्यायाधीश जबरा भने अझै राजीनामा नदिने अडानमा छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित