क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने भारतको तयारी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९४ पटक पढिएको

 

भारत सरकारले क्रिप्टोकरेन्सी अर्थात डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतले आगामी हिउँदे अधिवेशनमा एउटा विद्येयकमार्फत क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको बीबीसीले जनाएको छ । गत वर्षको सुरुमा नै सरकारले विधेयकको मस्यौदा तयार गरेको बताईएको छ ।

सरकारी जानकारीअनुसार अधिवेशनमा ‘क्रिप्टोकरेन्सी एन्ड रेगुलेशन अफ अफिशल डिजिटल करेन्सी’ विधेयक प्रस्तुत हुनेछ। जसअनुसार प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुनेछन् । जनवरीमा विधेयकको मस्यौदा प्रस्तुत हुँदा त्यसका सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने बुँदा रहेको बताईएको छ । तर पछिल्लो मस्यौदा सार्वजनिक नभएको हुँदा पुरानोभन्दा के परिवर्तन गरिएको छ भन्ने स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ । 

भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकरात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन् । प्रतिबन्ध चर्चासँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । भारतीय बजारमा बिटकोइनको मूल्य १३ प्रतिशतले एवं शीवा इनु र डोजकोइनको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको जनाइएको छ ।

कोइनडेस्क वेबसाइटका अनुसार भारतीय केन्द्रीय ब्याङ्कको क्रिप्टोकरेन्सीप्रतिको धारणा सकारात्मक छैन । केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको भए पनि गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो । 

क्रिप्टोकरेन्सी

क्रिप्टोकरेन्सी भनेको डिजिटल वा भर्चूअल अर्थात् कुनै भौतिक अस्तित्व नभएको मुद्रा हो । क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ । यसबाट सरसमान किन्न वा भुक्तानी गर्न भने सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित