हामी अरु जान्दैनौँ चोलेन्द्रलाई मान्दैनौँ : बालुवाटार न्यायमार्च

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २४७ पटक पढिएको

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाले संयुक्त अगुवाइमा बालुवाटारसम्म  न्याय मार्च गरेका छन् । नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन राजनीतिक दल र संसदलाई दबाब दिँदै न्याय मार्च गरेका हुन् ।

""

दिउँसो २ बजे सुरु भएकाे मार्चपासलाई ‘बालुवाटार न्यायमार्च’ नाम दिइएको छ । मार्चपासमा सहभागीहरूले प्रधानन्याधिशको बहिर्गमन, के संसदको काम सुतिरहने हो ?, न्याय किनबेच बन्द गर !, निशुल्क न्याय जनताको अधिकार न्यायालय चाहिन्छ, न्यायालय कि अन्ययालय ?, महाभ्रष्ट प्रधानन्याधिश छ सम्पत्ति शुद्दिकरण कहाँ छ ?, संसद खोल चोलेन्द्रलाई महाअभियोग लगाउ !, न्यायालय किन बेच बन्द गर !, हामी अरु जान्दैनौँ चोलेन्द्रलाई मान्दैनौँ, न्यायालय अवरुद्द नेताहरु अलमस्त लगायतका पम्प्लेटहरु बोकेका थिए ।

""

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीश र वकिलहरुले प्रधानन्यायाधीश जबरा र राजनीतिक दलहरुलाई दबाव दिन मार्चपास गरेका हुन् । सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म गरेको मार्चमा सहभागीहरूले जबराको सम्पत्ति छानविन गर्न समेत माग गरेका छन् ।  

""

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै सर्वोच्च परिसरमा पनि धर्ना दिदै आएको थियो । प्रधानन्यायधिस जबरालाई सर्वोच्चको वैकल्पिक गेट बाट प्रवेश गर्न समेत उनीहरु पछिपरेका थिएनन् । तर प्रधानन्यायाधीश जबरा भने अझै राजीनामा नदिने अडानमा छन् । 

""

""

""

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित