प्रहरी महानिरीक्षक क्षेत्री इन्टरपोलको ८९औं महासभामा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०४ पटक पढिएको

नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको ईस्तानबुलमा भईरहेको इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् ।ईस्तानबुलमा मंसिर ७ देखि ९ गते (तदनुसार २३ देखि २५ नोभेम्बर, २०२१) सम्म हुने महासभामा प्रहरी महानिरीक्षक क्षेत्री बुधबार सहभागी भएको नेपाल प्रहरीले जनाएको हो ।

""

प्रहरी महानिरीक्षक क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन मंसिर ५ गते टर्की प्रस्थान गरेका थिए ।

प्रहरी महानिरीक्षक क्षेत्रीसँगै महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि सहभागी छन् ।

""

 

तस्बिर : नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित