विश्वका १०० वटा प्रदूषित सहरहरुमा भारतको मात्रै ४६ वटा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३० पटक पढिएको
वायु गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले विश्वका १०० ओटा प्रदूषित सहरहरु सार्वजनिक गरेको छ । प्रदूषित सहरहरु सबै दक्षिण एसियाली देशहरुका हुन् । जस मध्ये ९४ वटा प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा रहेको छ । आइक्यू एयरका अनुसार सन् २०२० मा दक्षिण एसियाली देशहरु, भारतमा ४६, चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा ४, इन्डोनेसियामा र थाइल्याण्डमा १/१ ओटा प्रदूषित सहर थिए ।
पछिल्ला वर्षमा पाकिस्तानको वायु गुणस्तर निकै खस्किएको छ । आइक्यूका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर हो । त्यस्तै भारतको गाजियावाद र चीनको होटान पनि प्रदूषित सहर हुन् । सन् २०२० मा होटानमा सबैभन्दा खराब वायु गुणस्तर भएको सहर थियो । त्यस्तै चीन र भारत विश्वमै सवैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश पनि हुन् ।
भारतको नयाँ दिल्लीमा प्रदूषणका कारण त्यहाँका विद्यालय तथा कलेज र कारखाना बन्द गरिएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । प्रदूषण नियन्त्रण नभए सरकारले लकडाउनसम्मको तयारी गरेको छ । नयाँ दिल्लीमा मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम २ दशमलव ५ कणहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डभन्दा ३४ गुणा बढी छ । हिउँदमा किसानहरूले जलाउने पराल र डाँठका कारण हरेक वर्ष भारतीय सहर थप प्रदूषित बन्ने गरेका छन् ।
एक्युआईले एक घन मिटर हावामा विषाक्त धुलोको कण(पीएम) २.५ को एकाग्रता मापन गर्छ । करिब २ करोड जनसंख्या भएको नयाँ दिल्लीमा शुक्रबार पीएम २.५ रिडिङको औसत ७०६ माइक्रोग्राम मापन गरेको छ । विश्व स्वास्थ्य संगठनले वार्षिक औसत पाँच माइक्रोग्रामभन्दा माथिको कुनै पनि कुरालाई असुरक्षित ठानेको छ ।
वायुजनित पीएम २.५ ले फोक्सोको क्यान्सर जस्ता हृदय र श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याउन सक्छ । भारतमा विषाक्त हावाले गर्दा वार्षिक १० लाख भन्दा बढी मानिसको मृत्यु हुन्छ ।