‘द वेस्ट फिफा’ को मनोनयन सार्वजनिक
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११६ पटक पढिएको
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘द वेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ । फिफाले विजेताको नाम भने १७ जनवरीमा घोषणा गर्ने जनाएको छ ।
फिफाले सोमबार सार्वजनिक गरेको वर्ष खेलाडी २०२१ को मनोनयन मध्ये पुरूषतर्फ अघिल्लो वर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् । जसमा लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, केलियन एमबाप्पे, नेयमार, मोहमद सलाह, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो र एन्गालो कान्टे छन् ।
त्यस्तै महिलातर्फ स्वीडेनकी स्टिना ब्लाकस्टेनियस र म्याग्डालेना एरिक्सन, आइटाना बोनमाटी, एलेक्सिया पुटेलास र जेनिफर हर्मोसो, इङ्ल्याण्डकी लुसी ब्रोन्ज र एलेन ह्वाइट, नर्वेकी क्यारोलिन ग्राहम ह्यान्सेन, डेनमार्ककी पेर्निल हार्डर, कोरियाकी जी सोयुन, अष्ट्रेलियाकी साम केर, नेदरल्याण्डकी भिभियान मिडेमा र क्यानडाकी क्रिस्टीन सिन्क्लेयर गरि १३ मनोनयनमा खेलाडी छन् ।
त्यसैगरी महिला र पुरुष गोलकिपरतर्फ समान ५ जना, महिला प्रशिक्षकतर्फ ५ र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । विगत ३० वर्षदेखि फिफाले विश्व खेलाडीलाई सम्मानित गर्दै आएको छ । फिफाले सन् १९९१ मा जर्मनीका लोथर म्याथौसलाई पहिलो विश्व खेलाडीको ट्रफी दिएको थियो । उनी त्यस समय इन्टर मिलानका लागि खेलिरहेका थिए ।