क्रिसमस परेडमा जानजान कार दुर्घटना : विस्कन्सिन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१६ पटक पढिएको
अमेरिकाको विस्कोन्सिन राज्यमा सोमबार भएको कार दुर्घटनामा परि धेरै महिला तथा बालबालिका घाइते भएका छन् । दुर्घटनामा ५२ देखि ८१ वर्ष सम्मका पाँच जनाको मृत्यु भएको छ । साना केटाकेटी र महिला लगायत अन्य ४८ जना घाइते भएका छन् ।
यो घटना आतंकवादको कार्य नभएको प्रहरीले जनाएको छ । घाइतेहरु अधिकांश बालबालिका र बृद्द रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा मिलौकेका दान्सिंग ग्रेनिजका सदस्यहरू पनि पर्छन्, जो यस सहरको परेडमा नियमित रूपमा जुध्दै आएका थिए। प्रहरीका अनुसार घाइतेहरुलाई उपचारको लागी नजिकैको अस्पताल लागिएको छ । यस घटनालाई इतिहासमै बालबालिका समावेश भएको राज्यकै सबैभन्दा ठूलो आमहत्या घटनाहरूमध्ये एकको रुपमा वर्णन गरिएको छ ।
चिकित्सकहरूको अनुसार कोही-कोही केटाकेटीको टाउकोमा गम्भीर चोट लागेको र हड्डी भाँचिएको छ । घाइतेहरू ३ देखि १६ वर्षका बालबालिका छन् ।
कार चालकलाई हत्याको आरोपमा समातिएको प्रहरीले जनाएको छ ।