बस पल्टिदा ४६ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२४ पटक पढिएको

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । उक्त्त दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते भएका ७ जनालाई राजधानीको अस्पताल लगिएको बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुख निकोलाई निकोलोभले बताए ।

त्यस्तै मृत्यु हुनेमा धेरै जसो उत्तरी म्यासोडोनियाका पर्यटकहरु रहेका सुरक्षा विभागका अधिकारीले बताएका छन् । समाचार एजेन्सी बीटीएका अनुसार हाइवेमा गुडिरहेका बेला राति २ बजे अकस्मात आगलागी हुँदा गाडी अनियन्तृत भई पल्टिएको थियो ।

दुर्घटनामा पर्नेमा धेरै जसो महिला र बालबालिका रहेका छन्। टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बस आगो लागेर पल्टिएको उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीको भनाई छ । सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले दुर्घटनामा ज्यान गुमाउनेहरू आफ्ना नागरिक रहेको बताएको छ । आगलागी कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरुको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित