७० प्रतिशत जनसंख्या अझै खोपको पहुँच बाहिर
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४८५ पटक पढिएको
वर्ल्ड दैनिका | प्रतिमा सापकोटा | मंसिर ७, २०७८

नेपाल सरकारले आगामी चैत मसान्तसम्ममा लक्षित समूहलाई खोप लगाइसक्ने तयारी गरेको छ । तर नेपालमा हालसम्म २६.२ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन । र ३०.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन ।
स्वास्थ्य मन्त्रालयले अहिलेसम्म खोप नलगाएकालाई सम्बन्धित स्वास्थ्य कार्यालय र आफू बसोवास गर्ने स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क राख्नसमेत आग्रह गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको ६९.९ प्रतिशत जनसंख्या अझै खोपको पहुँचबाहिर छन । अहिले नेपालमा दिर्घ रोगि र बालबालिकाहरुलाई फाइजरको खोप लगाउन थालिएको छ । सोमबारसम्मको विवरणअनुसार देशभर एक करोड ७० लाख ९७ हजार आठ सय ६६ डोज खोप प्रयोग भइसकेको छ । जसमध्ये ९१ लाख ४५ हजार चार सय ८० जनामा खोपको पहिलो मात्रा र ७९ लाख ५२ हजार तीन सय ८२ मा खोपको पूर्ण मात्रा लगाइएको छ ।
त्यस्तै १२ वर्षमाथिका बालबालिकामा समेत फाइजर खोप प्रयोगमा आइरहेको छ ।
मन्त्रालयको अनुुसार अब गर्भवती भएको पहिलो तीन महिना पुगेका सबै गर्भवतीले कोभिडविरुद्धको खोप लगाउन पाउने छन् । यसैगरी काठमाडौं महानगरपालिकाले पनि काठमाडौं प्रवेश गर्ने मुख्य चारवटा नाकामा खोप अभियान सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्यमा महानगरले कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्कमा एक महिने खोप कार्यक्रम सञ्चालनमा ल्याएको छ । खोप अभियान मंसिर ५ देखि सुरु भएर पुस ५ गतेसम्म चल्ने छ । खोप १८ वर्ष उमेर पूरा भएका नागरिकहरुलाई उमेर खुलाईएको प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने व्यवस्था महानगरले गरेको छ ।