पूर्वी कंगोमा विद्रोहीको आक्रमणमा कम्तिमा २० जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४९ पटक पढिएको

वर्ल्ड दैनिक | प्रतिमा सापकोटा | मंसिर ७, २०७८ 

पूर्वी कंगोमा सशस्त्र विद्रोहीको आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । मृत्यु हुनेमा धेरै जसो बालबालिका र महिला रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोडेको नामक विद्रोही समूहले उनिहरुमाथि आक्रमण गरेका थिए । संयुक्त राष्ट्र संघका अनुसार सन २०१७ यता मात्रै इटुरी प्रान्तमा कोडेको विद्रोहीको आक्रमणबाट सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् । 

त्यहाँका हजारौँ नागरिकहरुलाई घर छोड्न बाध्य बनाइएको छ । कंगोमा धेरै जसो विद्रोही समुहको आक्रमण भईरहन्छ । यस भन्दा पहिला इटुरीको क्याथोलिक परोपकारी संस्था कारिटासका पादरी र संयोजक नगाबु लिड्जा क्रिसान्टेले स्थानीय चर्चलाई पनि निशाना बनाएर हमला गरेको थियो । उक्त्त हमलामा  ३५ जनाको मृत्यु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित