थप ३६७ जना कोरोना संक्रमित थपिए , ४ जनाको मृत्य

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९१ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ३६७ जना कोरोना संक्रमित थपिएका छन् भने ३५८ जना संक्रमणमुक्त भएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९७ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.७ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ । त्यस्तै आज  १ लाख ३ हजार २०९ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ जना रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित