अनुशासित र व्यवस्थित अधिबेशनको लागी नेपाल प्रहरी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३८ पटक पढिएको

अहिले बिभिन्न राजनीतिक दलहरु राष्ट्रिय महाधिबेशनको तयारीमा जुटिरहेका छन् । अनुशासित र व्यवस्थित अधिबेशनको लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागबाट सुरक्षाकर्मिहरु खटिएका/खटिने  छन् ।

चितवनमा यही मङ्सिर १० गतेबाट सुरु हुने नेकपा एमाले महाधिबेशनको लागी सुरक्षाकर्मिहरु परिचालन गर्ने प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रकाशजङ्ग कार्की बताउँछन् ।

चितवन जिल्ला प्रहरी प्रमुख ॐ अधिकारीको नेतृत्वमा सुरक्षाकर्मिहरु परिचालन गरिनेछ । चुस्त दुरुस्त सुरक्षाको लागी सुरक्षाकर्मिहरु परिचालन हुने अधिकारी बताउँछन् ।

सुरक्षा व्यवस्थापनको लागी १००० सुरक्षाकर्मिहरु खटिने छन् । खटिएका सुरक्षाकर्मी पर्याप्त नभएको खण्डमा प्रहरी प्रधान कार्यालयबाट थप जनशक्ति परिचालन गर्ने उनको भनाइ छ ।

चितवनको नारायणगढ,भरतपुर, सौराह र टाडीलाई उच्च सुरक्षा निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित