कृषकलाई भत्ता : कालिकोट
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३६ पटक पढिएको
कालिकोटको पाँचल गाउँपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्न र पशुपालकलाई बढावा दिनको लागी भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकामा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा भत्ता दिने व्यवस्था गरिएको थियो ।
गाउँपालिकाले सुरुकै बर्ष ५१ जना कृषकलाई भत्ता दिइएको अध्यक्ष खडस्कराज सेजुवा ले बताए ।
आर्थिक वर्ष २०७७÷७८ मा भने ७० जना कृषकहरुले भत्ता सुबिधा पाएका थिए ।
यस गाउँपलिकामा ५ जना कृषकहरुले १०० भन्दा बढी भेडाबाख्रा पालेका छन् । १०० वटासम्म भन्दा बढी भेडाबाख्रा पाल्ने कृषकलाई जनही २००० दिने गरिएको छ । यसरी भत्ता बितरण गर्दा कृषकहरुको मनोबल बढेको र पशुपालनमा उल्लेख्य सुधार आएको गाउँपालिकाका पशु शाखा प्रमुख वीरेन्द्रबहादुर बम बताउँछन् । उनले थपे, चालू आर्थिक वर्ष २०७८÷७९ को भत्ता भने २०७९ सालको असारपछि भुक्तानी गरिन्छ ।
प्रतिक्रिया दिनुहोस