अबिरल बर्षापछिको बाढीले १७ जनाको ज्यान लियो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३३२ पटक पढिएको

छिमेकी जिल्ला भारतको आन्ध्र प्रदेशमा अबिरल बर्षाका कारण बाढी आएको छ । बाढीमा परी कम्तिमा १७ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका भारतीय संचार माध्यमहरुले जानकारी दिएका छन्। 

भिषण बर्षाले निम्त्याएको बाढीले गर्दा हजारौँ तिर्थालुहरुले बिजोग  खेप्नुपरेको छ । उनिहरु तिरमाला पहाडको चुच्चोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शनको लागी निस्किएका थिए ।

लगातार बर्षाका कारण आएको बाढीले सडक बगाउँदा उनिहरुले यो सास्ती भोग्नुपरेको हो । अहिले उनिहरु तिरुपती शहरमा बसिरहेका छन्।  ।

बाढीमा फसेकाहरुको उद्दार कार्य  भैरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित