अब १८ वर्ष माथिका सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाउने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११२ पटक पढिएको

अबदेखि १८ वर्ष माथिका सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाउने भएको छ । हालै बसेको खोप सल्लाहकार समितिको बैठकले १८ वर्ष माथिका सबैलाई खोप दिने निर्णय गरेको हो ।
झन्डै ३६ लाख खोप हाल उपलब्ध रहेको र जिल्ला एवम् स्थानीय तहहरूसँग समन्वय गरेर आवश्यकता अनुसार खोप कार्यक्रम सञ्चालन गर्न प्रदेशहरूलाई निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले कोरोनाभाइरस विरुद्धको खोप उमेर र पेसालाई वर्गीकरण गरेर दिँदै आएको थियो । खोप लगाउन बाँकी रहेका १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद गरिएको खोप पनि एक महिनाभित्र आउन सुरु हुने मन्त्रालयले जनाएको छ ।
हाल दीर्घरोगी बालबालिकालाई मात्रै दिइएको फाइजर खोप अरू बालबालिकालाई पनि लगाउनका लागि सरकारले खरिद सम्झौता गरिसकेको जनाएको छ । ती खोप एक महिना भित्रमा नेपालमा आउन सुरु हुने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म झन्डै ९१ लाखले कम्तीमा एक मात्रा र ७८ लाखभन्दा बढीले दोस्रो मात्रा खोप लगाइसकेका छन् । खोप नलगाउने धेरै जनसङ्ख्या १८ वर्षभन्दा तलको छ ।