८५ मिनेटको लागि राष्ट्रपती बनिन कमला ह्यारिस

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११४ पटक पढिएको

 

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ८५ मिनेटको लागि राष्ट्रपति बनेकी छिन् । शुक्रबार ह्यारिसले करिब ८५ मिनेट राष्ट्रपतीय अधिकार सम्हालेकी हुन् । राष्ट्रपतीय अधिकार सम्हाले सँगै उनि अमेरिकी राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो महिला बनेकी छिन् । 

राष्ट्रपति जो बाइडन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतीय अधिकार प्रत्यायोजन गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।  समाचार अनुसार राष्ट्रपति बाइडनको ७९औं जन्मजिनको पूर्वसन्ध्यामा उनलाई  नियमित क्लोनोस्कोपीका लागि शुक्रबार एनेस्थिसिया दिइएको थियो । उपराष्ट्रपति ह्यारिसले ह्वाइट हाउसको (वेस्ट विङ्स)बाट आफ्नो जिम्मेवारी सम्हालेकी थिइन् ।

बाइडनका चिकित्सकहरुले एक वक्तव्यमा उनको अवस्था सामान्य रहेको र राष्ट्रपतिका रुपमा आफ्नो नियमित काम गर्न सक्षम रहेको उल्लेख गरेको छ ।  

कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन् । ह्यारिसलाई अमेरिकी राजनीतिकी सबैभन्दा शक्तिशाली महिला भनेर पनि चिनिन्छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित