चिसो बढेसँगै प्रदूषण पनि बढेकोले सतर्कता अपनाउन आग्रह

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२९ पटक पढिएको

 

मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेसँगै प्रदूषण पनि बढेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रणालीका कारण मौसम बदली हुँदा घाम लाग्न नसकेको र यसले चिसोसँगै प्रदूषणसमेत बढाएको छ । 

देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएको देखिएको छ । जसका कारण सडक तथा हवाई यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले त्यहाँ पनि आवश्यक सतर्कता अपनाउन मशाशाखाले अनुरोध गरेको छ।

निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिने र भोलिबाट मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

बिहान काठमाण्डू उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आँकलन महाशाखाले गरेको छ।  प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ। तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ।

त्यसैगरी बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज देशका अधिकांश भू-भागमा वदली भई उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावान रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित