अमेजनमा १५ वर्ष यताकै उच्च जङ्गल फँडानी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५३ पटक पढिएको

ब्राजिलमा अमेजन जङ्गलको फँडानी १५ वर्ष यताकै सबैभन्दा धेरै भएको छ । अमेजन करिव ३० लाख प्रजातिका बनस्पति र जनाबर तथा १० लाख आदिवासी मानिसहरूको घर हो । ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ % ले बढेको छ ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२० देखि सन् २०२१ को अवधिमा अमेजनमा १३ हजार २३५ वर्ग किलोमिटर क्षेत्रको जंगल मासिएको छ । यो सन् २००६ पछिकै ठूलो वन विनाश हो । ब्राजिलको अन्तरिक्ष अनुसन्धान एजेन्सी (आईएनपीई) ले बिहीबार आफ्नो स्याटेलाइट डाटामा १३ हजार २३५ वर्ग किलोमिटर (५ हजार ११० वर्ग माइल) वन विनाश भएको रेकर्ड राखेको छ ।  यो क्षेत्र न्यूयोर्क शहर भन्दा लगभग १७ गुणा बढी भएको अल्जजिराले जनाएको छ ।

तथ्यांकले चुनौती दिएको र जङ्गल विनाश जस्तो अपराध रोक्न कठोर कानुन आवश्यक भएको त्यहाँका वातावरण मन्त्रीले बताएका छन् ।  

त्यसै गरि राष्ट्रपति जैन बोल्सोनारो सत्तामा पुगेपछि अमेजनको जङ्गल विनाशमा तीब्रता आएको विज्ञहरूले बताउँदै आएका छन् । बोल्सोनारोले जङ्गलमा कृषि र खानीजन्य गतिविधि सञ्चालन गर्न प्रोत्साहन दिँदै आएका छन् । यसै साता सम्पन्न कोप सम्मेलनमा ब्राजिललगायत विभिन्न देशहरूले सन् २०३० सम्ममा बन फडानी रोक्ने प्रतिबद्धता जनाएका थिए । 

 

तस्बिर : रोयटर्स 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित