आज यो वर्षकै बढी चिसो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४४ पटक पढिएको

काठमाण्डू उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाण्डूको न्यूनतम तापक्रम यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको हो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाकाअनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । काठमाण्डू उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डू उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहनेछ । 

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित