देशैभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ५ दशमलव ५

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २०८ पटक पढिएको

 

देशैभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रम रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाको अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । 

हाल काठमाण्डूको न्युनतम तापक्रम ९ दशमलव २ रहेको छ । अहिले सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ५ दशमलव ५  रहेको छ भने सबैभन्दा बढी तापक्रम बिराटनगरको १४ दशमलव ५ रहेको छ । 

महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने उल्लेख छ । राती देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ । 

बुधबार दिउँसो  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ । राती प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

त्यस्तै बिहिबार पनि देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित