क्रोएसिया, स्पेन र सर्बिया सन् २०२२ मा हुने फिफा विश्वकपमा छनोट

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४३ पटक पढिएको

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसिया छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत गए राति रुसलाई १–० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो । युरोपियन छनोट अन्तर्गत आइतबार भएको खेलमा रसियालाई १-० ले पराजित गर्दै क्रोएसिया शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो ।

घरेलु मैदानमा क्रोएसियाको जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो । क्रोएसियाले खेल पकडमा राखे पनि गोलका लागि ८१औं मिनेटसम्म कुर्नुपरेको थियो । रसियाका डिफेन्डर फ्योडर कुड्रोसभले आफ्नै पोस्टमा गोल गरेपछि क्रोएसियाको गोल दर्ता भएको थियो । 

क्रोएसियासँग पराजित भएपछि रुसले भने विश्वकपमा स्थान बनाउन प्लेअफ खेल्नुपर्ने भएको छ । शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोडेको छ भने दोस्रो स्थानको रुसले १० खेलमा २२ अंक जोडेको छ । रसियाका फेडोर कुड्रयासोभले ८१औं मिनेटमा आत्मघाती गोल गर्दा क्रोएसियाले अग्रता बनाएको थियो ।

यसै गरि स्पेन र सर्बियाले पनि उक्त प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा स्विडेनमाथि १–० गोलअन्तर जित हाशिल गरेको थियो । चर्को प्रतिस्पर्धा भएको सो खेलमा घरेलु टोली स्पेनले खेलभरि नै एकतर्फी पकड राखे पनि गोलका लागि भने अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो ।

खेल बराबरी नजिक पुगेका बेला स्पेनका लागि फरवार्ड अल्भारो मोराटाले ८६औं मिनेटमा गोल गरेका थिए । फिफाको ड्र अनुसार स्विडेनले प्लेअफमा खेल जितेर अझै पनि विश्वकपमा छानिने सम्भावनालाई भने जीवितै राखेको छ ।

सर्बियाले भने पोर्चुगललाई उसैको घरेलु मैदानमा २–१ ले हराउँदै  विश्वकप फुटबलमा स्थान सुरक्षित पक्का गरेको छ । सर्बियाका लागि यो निकै ठूलो र ऐतिहासिक जित हो । सोझै विश्वकपमा छनोट हुन पोर्चुगलका लागि सर्बियाविरुद्ध जित वा कम्तिमा बराबरीको नतिजा आवश्यक थियो । तर, पोर्चुगललाई पराजित नै गरेपछि सर्बियाले आफ्नो स्थान पक्का गरेको छ । आफ्नो घरेलु मैदानमा हारेको पोर्चुगलका लागि यो निकै अप्रत्यासित र पीडादायी नतिजा थियो ।

यो हारपछि पोर्चुगलले पनि विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने भएको छ । सन् २०१४ मा पनि पोर्चुगल प्लेअफबाट नै विश्वकपमा छानिएको थियो । प्लेअफमा छनोट चरणका हरेक समूहमा दोस्रो स्थानमा रहेकामध्ये कुनै टिमसँग खेल्नुपर्ने हुन्छ । जसमा मात्रै एक निर्णायक खेल हुन्छ र त्यो खेल जित्ने टिम विश्वकपमा छनोट हुन्छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित