लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५५ पटक पढिएको

 

अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने भएको छ ।  यातायात व्यवस्था विभागले अनलाइन आवेदन प्रणालीमा अत्यधिक चाप भएको कारण बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनलाइन फारम भर्न नपाइने जनाएको हो ।

विभागका अनुसार दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणालीमा परेको अत्याधिक चापले दैनिक सवारी चालक अनुमति पत्र सम्बन्धि कार्यमा समेत असर परेको छ । आवेदन भर्नेहरु धेरै हुँदा प्रणालीमा ढिला भएको र यातायात कार्यालयमा सेवा दिन समस्या भएको बताइएको छ ।  

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले केही दिन कार्यालय समयमा अनलाइन आवेदन भर्न नसकिने बताएका छन् । प्रणालीलाई बलियो बनाएर केही दिनपछि फेरि २४ घण्टा नै खोल्न मिल्ने बनाउँने उनको भनाई छ । 

विभागका अनुसार अहिलेसम्म करिब ७ लाखले लाइसेन्सका लागि आवेदन फारम भरेर परीक्षा कुरिरहेका छन् । विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको लाइसेन्सको आवेदन कात्तिक ८ गते रातिबाट  खुलाएको थियो । फारम भर्न मिल्ने भए पछि धेरैले प्रयास गर्दा यस अघि पटक पटक विभागले अन्लाईन प्रणाली बन्द पनि गरेको थियो ।

""

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित