मुगुमा आगलागी हुँदा २१ वटा घर जलेर नष्ट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८८ पटक पढिएको

 

जिल्लाको गमगढी बजारमा सोमबार राति आगलागीबाट २१ वटा घर जलेका छन्  । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार आगलागीबाट २१ घर ध्वस्त भएको र पीडित परिवारलाई तत्काल गास बासको व्यवस्था गर्ने निर्णय भएको छ । 

गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट सुरु भएको आगलागी बिहान ६ बजे पछि मात्र नियन्त्रणमा आएको थियो । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ । गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको बताईएको छ । 

आगलागीबाट रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, ठिल्ले तामाङ, झोबा तामाङ, पृथ्वीजंग शाह, सकुन्तला शाही, पुतली शाही, असल मल्ल, टासी तामाङ, गुरु तामाङ, एङग्याल तामाङलगायत २१ जनाको घर पूर्णरुपमा खरानी भएको प्रहरीले जनाएको छ । 

धनमाल कति क्षति भयो भन्नेबारे एकिन विवरण आइनसकेको  प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । सुरक्षाकर्मी र रेडक्रसको टोलीले आगलागीको क्षतिको विवरण संकलन गर्ने र प्रदेश र संघीय सरकारलाई पीडित परिवारजनलाई पुर्नबासको माग गर्ने बताएको छ ।

तस्बिर : हिमालखबर  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित