काठमाण्डू उपत्यकामा बन्दको प्रभाव आंशिक मात्र

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११२ पटक पढिएको

 

पेट्रोलियम मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण  काठमाण्डू उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाभित्र अघिल्ला दिनको तुलनामा कम सवारी साधन चलिरहेका छन् ।

सार्वजनिक सवारी साधनहरू नचल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहने यात्रुहरुले सास्ती पाएका छन् । विशेष गरी लामो यात्रा गरेर बिहानै उपत्यका भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । 

सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेसँगै चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । यसैगरी बन्दको प्रभाव रूपन्देही र दाङलगायत क्षेत्रमा भने राम्रै सँग परेको बताईएको छ ।

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो । महिना दिनभित्रै ९ पटक सम्म गरेको मूल्यवृद्धिले सर्वसाधारणलाई धेरै असर गरेको भन्दै हिजो मात्र बन्द सफल गर्न पनि आग्रह गरिएको थियो ।

बिप्लबले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार कार्तिक २५ गते दिउसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ गते शुक्रवार प्रचार/प्रसार र साँझ मशाल जुलुस, २७ गते देशव्यापी रुपमा दिउसो १ बजे देखि २ बजेसम्म एक घण्टा प्रदर्शन, २८ गते बिहान १० बजे देखि ११ बजेसम्म १ घण्टा चक्काजाम र २९ गते दिउसो सिठ्ठी जुलुस र साँझ मसाल जुलुस निकालिएको थियो । आज भने आन्दोलनको अन्तिम दिन ३० गते नेपाल बन्द गरिएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित