थप ४१६ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३४ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४१६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०२ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार हाल संक्रमणमुक्त हुने दर ९७.७ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४७८  पुगेको छ । त्यस्तै आज ७४ हजार ४५२ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित